Comments Add Comment

पानी ढुवानी गर्ने ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु

२ वैशाख, काठमाडौं । बालाजुमा पानी बोक्ने ट्याङ्करको ठक्करबाट मंगलबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रेको कोसीपारी घर भएका ५० वर्षीय विष्णुप्रसाद चौंलागाई रहेका छन् । ग्यास डिपोबाट साइकलमा ग्यास लिएर जाने क्रममा उनलाई तार्केश्वर नगरपालिका ११ स्थित नेपाल टारमा बा २ ख ५१७७ नम्बरको ट्याङ्करले ठक्कर दिएको थियो ।

ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका चौंलागाईको ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत बालाजुका प्रहरी निरीक्षक गम्भीरजंग थापाले अनलाइनखबरलाई जानकारी दिए ।

थापाका अनुसार मृतक चौलागाईं नेपालटारमा रहेको युरिका स्कुलका सुरक्षागार्ड हुन् । लकडाउनका कारण स्कुल विदा भएकाले उनले ग्यास डिपोबाट घर घरमा ग्यास पुर्‍याउने काम गर्दै आइरहेका थिए । ठक्कर दिने ट्याङ्कर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले लकडाउन घोषणा गरेको भएपनि अतिआवश्कीय बस्तुहरु ढुवानी गर्ने सवारी साधन सञ्चालनमा भने छुट दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment