Comments Add Comment

नेत्र गुरुङको निर्देशनमा ‘खैला बैला’ बन्ने

नयाँ वर्ष २०७७ को अवसर पारेर चलचित्र ‘खैला बैला’को निर्माण घोषणा गरिएको छ । चलचित्रलाई ‘नाइके’ चलचित्र निर्देशन गरेका निर्देशक नेत्र गुरुश्रले निर्देशन गर्नेछन् ।

निर्देशक गुरुङले नै फेसबुकमा नयाँ वर्षको शुभकामना दिदैँ चलचित्रको निर्माण घोषणा गरेका हुन् ।

निर्देशक गुरुङकै कथा तथा पटकथा रहने यस चलचित्र ‘नेत्र इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण हुनेछ । अहिले निर्देशक गुरुङ चलचित्र लेखनमा व्यस्त छन् ।

चलचित्रको लागि अहिलेसम्म कोही कलाकार पक्का भएका छैनन् । अडिसन गरेर नै चलचित्रमा कलाकारहरु छानिने निर्देशक गुरुङको भनाई छ । उनका अनुसार चलचित्रमा नयाँ तथा पुराना पुस्ताका कलाकारहरु देखिनेछन् ।

चलचित्रका लागि प्राविधिकहरु पनि पुर्ण रुपमा पक्का भइसकेका छैनन् । कलाकार र प्राविधिकको छनोटपछि चलचित्रको औपचारिक निर्माण घोषणा गरिने छ । यसै वर्ष छायांकन हुने यस चलचित्रको रिलिज मिति भने पक्का गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment