Comments Add Comment

ब्राजिलियन नागरिक बोकेर दिल्ली उड्यो नेपाल एयरलाइन्सको न्यारोबडी जहाज

२ वैशाख । नेपालमा फसेका ३४ बढी ब्राजिलियन नागरिक लिएर नेपाल एयरलाइन्सको न्यारोबडी जहाज दिल्ली उडेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार, ब्राजिलियन नागरिकलाई नयाँदिल्ली पु¥याएर जहाज आजै काठमाडौं फिर्ता हुने भएको छ । नेपालस्थित ब्राजिलियन दूतावासले जहाज चार्टर्ड गरेको हो ।

ब्राजिलले भारतबाट आफ्ना नागरिक फिर्ता लगिरहेको छ । सोही बेला नेपालमा रहेका ब्राजिलका नागरिकलाई समेत दिल्लीबाट ब्राजिल उडाउन लागिएको हो ।

नेपालमा ४ चैतयता अन्तर्राष्ट्रिय उडानमा लागेको प्रतिबन्धले हजारौं पर्यटक अलपत्र परेका थिए । त्यसमध्ये करिब ४ हजार विदेशी नागरिक लकडाउनपछि फिर्ता भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment