+
+

कम्प्युटर अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २ गते १६:०२

२ वैशाख, काठमाडौं । शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली रहेको आरोपमा भैरहवाको सिद्धार्थनगर नगरपालिकाका एक जना कम्प्युटर अधिकृतविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका कम्प्युटर अधिकृत प्रभात ज्ञवालीविरुद्ध मंगलबार मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । ज्ञवालीले बढुवाका लागि पेश गरेको शैक्षिक योग्यताको प्रमाण-पत्र नक्कली रहेको उजुरी परेपछि आयोगले उनीविरुद्ध अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा भारतको माध्यमिक शिक्षा परिषद, क्षेत्रीय कार्यालय वाराणसीबाट उनले लिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको कोइरालाले बताए । दुई पटकसम्मको बढुवामा ज्ञवालीले सोही नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरेको पाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?