+
+
Shares

प्रदेश २ का थप २० जना आइसोलेसनमा, परीक्षणका लागि नमूना पठाइयो

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २ गते १७:४२

२ वैशाख, जनकपुरधाम । प्रदेश २ मा कोरोनाको आशंकामा २० जनालाई आइसोलेसनमा राखिएको छ । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार, सबैभन्दा बढी बारा जिल्लाका १४ जनामा कोरोना आशंका गर्दै आइसोलेसनसमा राखिएको छ ।

मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले नियमित मिडिया ब्रिफिङका क्रममा मंगलबार उक्त जानकारी गराएका हुन् । घिमिरेले बारा सदरमुकाम कलैयास्थित अस्पतालमा १४ जनालाई आइसोलेसनमा राखिएको छ । यस्तै सिराहाको महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा ५ जना तथा प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेसनमा १ जनालाई भर्ना गरिएको छ ।

सचिव घिमिरेले उनीहरुको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको जानकारी दिए । ‘जनकपुरमा भएको पीसीआर मेसिनको क्षमता थोरै भएकाले उनीहरुको स्वाब संकलन गरी काठमाडौं पठाएका छौं’ उनले भने ।

अहिलेसम्म प्रदेशमा चार जना संक्रमित देखापरेको बताउँदै उनले ती सबैलाई वीरगंजस्थित नारायणी उप क्षेत्रीय अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?