Comments Add Comment

दिल्लीबाट आएका दुई जमातिको एन्टीबडी पोजेटिभ देखियो

२ बैशाख, सप्तरी । भारतबाट फर्किएका दुई जना जमातिमा र्‍यापिड टेष्ट गर्दा एन्टीबडी पोजेटिभ आएको छ । अब उनीहरुको पीसीआर विधिबाट टेष्ट हुनेछ ।

गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा मंगलबार र्‍यापिड परीक्षण गर्दा पोजेटिभ देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । उनकाअनुसार भारतको जमातिबाट आएका सात जनाको परीक्षण गरिएको थियो, उनीहरुमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

पोजेटिभ देखिएका एक जना खडग नगरपालिका ११ का तथा एक जना तिलाठी कोइलाडी गाउापालिकाका हुन् ।

उनीहरु भारतमा कोरोना भाइरसको संक्रमण फैलाउन भूमिका खेलेको मानिएको दिल्लीको निजामुद्दीनस्थित तबलिकी जमातमा सहभागी भई फर्किएका थिए ।

दिल्लीबाट फर्किएको जानकारी पाएपछि परीक्षणका लागि अस्पताल ल्याएको सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द ठाकुरले जानकारी दिए ।

र्‍यापिड पोजेटिभ देखिएका दुई जना र नेगेटिभ देखिएका पााच जनाको थ्रोट स्वाब पीसीआर विधिबाट परीक्षणका लागि बि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको मेडिकल सुपरिटेन्डेन्ट डा. दासले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment