+
+
Shares

प्रदेश सभाले फिर्ता गर्‍यो ८ करोड ६४ लाख बजेट

टोपराज शर्मा टोपराज शर्मा
२०७७ वैशाख ३ गते ९:५०

३ बैशाख, बुटवल । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र उपचारका लागि प्रदेश ५, प्रदेश सभा सचिवालयले ८ करोड ६४ लाख रूपैयाँ प्रदेश सरकारलाई फिर्ता गरेको छ ।

प्रदेश सभा सचिवालयले मंगलबार आठ करोड ६४ लाख ३२ हजार रुपैयाँ बजेट प्रदेश नं. ५ को आर्थिक मामिला तथा योजना मन्त्रालय मार्फत प्रदेश सरकारलाई फिर्ता गरेको हो ।

प्रदेश सभाका लागि चालु आर्थिक वर्षमा ३३ करोड १७ लाख ७४ हजार रुपैयाँ बजेट रहेकामा लकडाउनका कारण प्रदेश सभा बैठक चल्न नसकेको र अन्य कार्यक्रम पनि कटौती भएकाले खर्च हुन नसक्ने बजेट फिर्ता गरिएको प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले जानकारी दिए ।

प्रदेश सभा सचिवालयले यसअघि सभामुख पुर्णबहादुर घर्ती र उपसभामुख कृष्णी थारूको एक महिनाको तलब, प्रदेश सभा सदस्यहरूको १५ दिनको तलब र प्रदेश सभा सचिवालयमा कार्यरत कर्मचारीहरूको तह अनुसार क्रमशः ७, ५ र ३ दिनको तलब गरी एकमुष्ठ २३ लाख ३० हजार ४ सय २५ रूपयाँ प्रदेश सरकारले स्थापना गरेको प्रदेश प्रकोप व्यवस्थापन तथा उपचार कोषमा जम्मा गरेको थियो ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?