+

बार्सिलोना मेरो घर हो : आन्द्रे

२०७७ वैशाख  ३ गते १२:५७ २०७७ वैशाख ३ गते १२:५७
बार्सिलोना मेरो घर हो : आन्द्रे

३ वैशाख, काठमाडौं । आन्द्रे ओनामा अहिले नेदरल्याण्ड्सको क्लब अयाक्समा गोलकिपरको रुपमा छन् । तर उनले युथ करियर बार्सिलोनाको एकेडेमीमा बिताएका थिए ।

भविष्यमा स्पानिस क्लब बार्सिलोना फर्कनेबारे चलिरहेको हल्लाको बारेमा ओनानाले बोलेका छन् । सन् २०१५ सम्म उनी बार्सिलोनाको एकेडेमीमा थिए । त्यसपछि डच क्ल अयाक्स पुगेका उनी त्यहाँ एरिक तेन हागको पहिलो रोजाइँको गोलकिपर हुन् ।

‘यो भन्न कठिन छ,’ भाबी यात्राबारेको जिज्ञासामा उनले भने, ‘बार्सिलोना मेरो घर हो ।’

उनले सिजनको अन्त्यसम्म पर्खन चाहेको बताए । ‘अहिले म अयाक्सको गोलकिपर हुँ र सिजनको अन्त्यमा के हुनेछ हामी हेर्नेछौं,’ उनले भने ।

२४ वर्षीय ओनानाले क्यामरुनको राष्ट्रिय टिमका लागि १६ खेल खेलिसकेका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय