Comments Add Comment

अभाव पूर्ति गर्न रक्त संकलन

ललितपुर । मुलुकभर जारी लकडाउनका कारण रगतको अभाव भएपछि श्रीमहालक्ष्मी नगरपालिकास्थित लामाटारमा १३५ पिन्ट रगत सङ्कलन गरिएको छ ।

उक्त वडा कार्यालयको विपद् व्यवस्थापन समिति र नेपाल रेडक्रस सोसाइटी लामाटार उपशाखाको संंयोजनमा आज आयोजित कार्यक्रममा २९ महिला र १०६ पुरुषले रक्तदान गरेको उपशाखाका पूर्व सभापति तथा वर्तमान जिल्ला उपसभापति दीपक गौतमले जानकारी दिए ।

उक्त वडा वडा कार्यालय तथा स्थानीय आठ सहकारी संस्थाले रक्तदान कार्यक्रमका लागि आर्थिक सहयोग गर्नुका साथै रक्तदातामा सामाजिक दूरी कायम गराउन स्वयंसेवकसमेत उपलब्ध गराएका थिए । ललितपुरमा दैनिक ३५ पिन्ट रगत आवश्यक भएपनि लकडाउनका कारण रगत अभाव हुन थालेको थियो ।

हाल यहाँ दैनिक १८ पिन्टसम्म रगत सङ्कलन हुँदै आएको र केन्द्रीय कार्यालयले पनि सङ्कलनका लागि आग्रह गरेकाले शिविर नै खडा गरेर रगत सङ्कलन गर्न थालिएको रेडक्रसका जिल्ला सभापति बाबुराजा महर्जनले बताए ।

रगत सङ्कलन, कोरोना भाइरस संक्रमण फैलन नदिन क्वारेन्टाइन व्यवस्था, खानेपानी, सरसफाइलगायत सेवामूलक कार्यका लागि जिल्ला र नगरपालिकामा रेडक्रसको जिल्ला कार्यालयका प्रतिनिधि र वडास्तरमा उपशाखाका प्रतिनिधिलाई समन्वय पठाएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment