Comments Add Comment

प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा १५ करोड रुपैयाँ थप

३ वैशाख, विराटनगर । प्रदेश १ सरकारले कोरोना जनसुरक्षा कोषमा १५ करोड रुपैयाँ थप गरेको छ ।

बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले कोषका लागि यसअघि छुट्याएको १० करोड रुपैयाँ खर्च भइसकेकाले १५ करोड रुपैयाँ थप गर्ने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले बुधबार रातिदेखि प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय भएको पनि जानकारी दिए ।

उनले प्रदेशको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक तर्जुमा गर्न बनेको अवधारणापत्रलाई सैद्धान्तिक सहमति  प्रदान गरेको जानकारी दिए ।

प्रदेश सरकारले कोरोना प्रभावित, पहिचान तथा राहत वितरणसम्बन्धी निर्देशिका जारी गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, सोलुखुम्बुको खम्बु पासाङ गाउँपालिका अध्यक्ष निमदोर्जी शेर्पालाई पाँच लाख र क्यान्सर पीडित पत्रकार कमल पौडेललाई तीन लाख रुपैयाँ आर्थिक सहायता दिने पनि निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment