Comments Add Comment

वीरगञ्जमा बिहान ७ बजेसम्म मात्र पसल खोल्न पाइने

३ वैशाख, वीरगञ्ज । वीरगञ्जमा बिहीबारदेखि अत्यावश्यक वस्तुका पसल बिहान ७ बजेसम्म मात्र खोल्न पाइने भएको छ ।

खाद्यान्न, दूध, ग्यास, तरकारी आदिको पसल बिहान सबेरैदेखि ७ बजेसम्म मात्र खोल्न पाइने स्थानीय प्रशासनले बताएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले बुधबार सूचना जारी गर्दै औषधि पसल भने २४ सै घण्टा खोल्न सकिने जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले अत्यावश्यक वस्तुको पसलबाहेक गल्ली, ठेलागाडा र चोकमा बिक्री गर्न नपाइने बताए ।

वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण भेटिएसँगै स्थानीय प्रशासनले लकडाउनमा कडाइ गरेको छ । यसअघि अत्यावश्यक वस्तुको पसल दिउँसोसम्म खोल्न दिने गरिएको थियो । वडासँगको समन्वयमा स्थानीय विद्यालयमा बिहान ७ बजेदेखि ९ बजेसम्म तरकारी बजार राख्दा भिड बढेको थियो ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको पाँच बुँदे सूचनामा अत्यावश्यक वस्तु खरिद बिक्री गर्दा उपभोक्ताबीच कम्तीमा तीन फिटको दुरी कायम गर्न व्यवसायीलाई आग्रह गरिएको छ ।

सामान खरिद बिक्री गर्दा व्यवसायी र ग्राहक सबैले अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्ने, खुल्ला स्थानमा तरकारी तथा फलफूल बिक्री गर्न नपाइने सूचनामा उल्लेख छ । लकडाउनको समयमा होम डेलिभरीलाई प्रोत्साहित गरिने सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताएका छन् ।

‘दिनमा अत्यावश्यक वस्तुको पसल खोल्दा भिड हुने गरेको देखियो, सामाजिक दुरी पनि पालना भएन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment