Comments Add Comment

इटालीमा घट्दो क्रममा नयाँ संक्रमित

३ वैशाख, काठमाडौं । इटालीमा कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमितको संख्यामा निरन्तर कमी आएको छ ।

इटालीको सिभिल प्रोटेक्सन एजेन्सीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा इटालीमा दुई हजार छ सय ६७ नयाँ संक्रमित फेला परेका छन् । एकैदिनमा फेला परेका नयाँ संक्रमितको संख्या इटालीको लागि गत मार्च १३ यताकै कम हो ।

अघिल्लो दिन इटालीमा दुई हजार नौ सय ७२ नयाँ संक्रमित फेला परेका थिए । संक्रमितको संख्या घटेसँगै इटालीमा भाइरस नियन्त्रणको दिशामा अघि बढ्ने आशा देखिएको छ ।

यद्यपि मृत्यु हुनेको संख्या भने अझै पनि उच्च छ । पछिल्लो २४ घण्टामा इटालीमा पाँच सय ७८ जनाको मृत्यु भएको थियो । यो संख्या अघिल्लो दिनकोभन्दा कम हो । अघिल्लो दिन छ सय दुई जनाको कोरोना भाइरसका कारण मृत्यु भएको थियो ।

इटालीमा समग्र संक्रमितको संख्या एक लाख ६५ हजार एक सय ५५ पुगेको छ । उनीहरूमध्ये २१ हजार छ सय ४५ जनाको मृत्यु भएको छ भने ३८ हजारभन्दा बढी निको भइसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment