Comments Add Comment

सरकार निकटस्थहरुलाई जागिर खुवाउनेतिर लाग्यो : कांग्रेस

४ वैशाख, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले महामारी नियन्त्रणलाई छाडेर आफ्ना निकटस्थहरुलाई जागिर खुवाउनेतिर सरकार लागेको आरोप लगाएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुकुम्बासी समस्या समाधान आयोग गठन गरेको थियो । आयोगको अध्यक्षमा देवी ज्ञवालीलाई नियुक्त गरिएको छ ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाडले अहिले सरकारको पहिलो काम जनताको सुरक्षा भएको बताएका छन् । महामारी नियन्त्रण, न्यूनिकरण र संक्रमितहरुको उपचारमा सरकारलाई सबैको सहयोग भएपनि सरकार गम्भीर नबनेको उनको आरोप  छ ।

‘वर्तमान सरकार जनताप्रतिको आफ्ना जिम्मेवारीबाट पन्छिँदै यस्तो गम्भीर एवं संकटको समयमा केही आयोगको गठन गरी आफ्ना निकटस्थहरुलाई राजनीतिक व्यवस्थापन र जागिर खुवाउने मनसुवाबाट अगाडि बढेको देखिन्छ,’ उनले विज्ञप्ति जारी गर्दै भनेका छन् ।

उनले महामारी नियन्त्रणमा खटिएकाहरुको सुरक्षाका लागि गम्भीर बन्न सरकारलाई आग्रहसमेत गरेका छन् । प्रमुख सचेतक खाडले लकडाउनका कारणले रोजगार गुमेपछि पैदल हिँडेर घर जान खोजेकाहरुलाई बसोवास तथा खानपिनको उचित व्यवस्थापन मिलाउन पनि सरकारसँग माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment