Comments Add Comment

लिभर सिरोसिस : मदिरा र खराब खानपानको कारण लाग्न सक्ने रोग

कलेजोमा लाग्ने धेरै रोगमध्ये एक हो, लिभर सिरोसिस । लिभर सिरोसिस सुस्त गतिमा बढ्ने रोग हो । यो रोगमा कलेजोको आकार खुम्चिन थाल्छ र त्यसमा कठोरता आउँछ । यस रोगमा कलोजोका धेरै कोशिकाहरु नष्ट हुन्छन् र फाइबर तन्तुले त्यसको स्थान लिन्छन् । साथै कलेजोको बनावट पनि असामान्य हुन्छ । यस बिमारीको अन्तिम उपचार कलेजो प्रत्यारोपण हो ।

किन लाग्छ ?

लिभर सिरोसिसको प्रमुख कारण कलेजो गम्भीर रुपमा क्षतिग्रस्त हुनु हो । यसको कारण हो गलत खानपान एवं मदिरा सेवन । वोसोयुक्त चिजहरुको बढि सेवनले, बढि मासुजन्य आहार लिनाले र औषधिको साइड इफेक्टको कारणले लिभर  सिरोसिस जस्तो गम्भीर रोग लाग्न सक्छ ।

लिभर सिरोसिसका तीन अवस्था

यो एउटा गम्भीर रोग हो र यसले बिस्तारै बिस्तारै शरीरमा असर गर्छ । यसको लक्षण ३ अवस्थाहरुमा अलग अलग देखिन्छ । यी लक्षणहरुको सहयोगले तथा शरीरको परीक्षणबाट  यो रोग पत्ता लगाउन सकिन्छ ।

– पहिलो अवस्थामा शरीरले बिनाकारण थकान महसुस गर्छ र तौल घट्न सुरु हुन्छ । साथै पाचन सम्वन्धी गडबडीहरु पैदा हुन थाल्छ ।

-दोस्रो अवस्थामा रोगीलाई बारम्बार चक्कर  लाग्छ र वान्ता हुन थाल्छ । यसका अतिरिक्त खाना रुच्दैन र ज्वरो आइरहन्छ ।

-तेस्रो तथा अन्तिम चरणमा उल्टी हुनुको साथै मुखबाट रगत आउन थाल्छ र रोगी बेहोस हुन्छ । सामान्य चोट लाग्दा पनि रगत बग्न रोकिँदैन । तेस्रो स्टेज आएपछि रोगीमा औषधिले असर गर्दैन । यसपछि एक मात्र विकल्प कलेजो प्रत्यारोपण हो जुन अत्यधिक खर्चिलो हुन्छ ।

कसरी बच्ने त ?

लिभर सिरोसिस जस्तो गम्भीर रोगबाट बचाउका लागि आफ्नो खानपान शैलीमा सुधार गर्नुपर्छ । मदिराजन्य पदार्थको सेवन यसको सबैभन्दा ठूलो कारण हो । त्यसैले रक्सी खान छोडिहाल्नुपर्छ । यसका अतिरिक्त फास्ट फुड्स, बोसोयुक्त आहार, लामो समयसम्म मासुजन्य आहार र फोहोर पानी पिउनाले पनि यो रोग लाग्छ ।

यसबाट बच्नका लागि आफ्नो खानामा भिटामिन्स र एन्टिअक्सिडेन्ट्सले भरिएका खानेकुरा जस्तै हरिया सागपात, फलफुल, गाजर, मुला, चुकन्दर, सोयाबीन, अन्डा दूध आदि सेवन गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment