+
+
Shares

डाक्टर र प्रहरी कुट्नेसँग रिसाए सलमान

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ४ गते १२:१५

नायक सलमान खान लकडाउनका कारण आफ्नो पार्म हाउसमा छन् । सलमान पार्म हाउसमै रहेपनि उनले समय-समयमा भिडियो सन्देशमार्फत जनतालाई सजग भने बनाइरहेका छन् ।

अर्कोतिर, सलमानले बलिउडमा काम गर्ने २५ हजार मजदुरलाई ६/६ हजार रुपैयाँ सहयोग गरिसकेका छन् ।

उनै, सलमानले सार्वजनिक गरेको नयाँ भिडियोमा उनी रिसाएका देखिन्छन् । उनी रिसाउनुको कारण, मानिसहरु घर बाहिर निस्किएर रोग फैलाएकोमा हो ।

सलमानले, डाक्टर र प्रहरीमाथि ढुंगा हान्नेहरूलाई चेतावनी दिँदै आफू र परिवारको जीवन खतरामा नपार्न पनि भनेका छन् ।

सलमानले भनेका छन्–‘सरकारले दिएको आदेश कडा रुपमा पालना गरेर चीन खराब समयबाट बाहिर आइसकेको छ । भारतमा भने केही यस्ता मान्छेहरुका कारण भाइरस दिनानुदिन बढिरहेको छ । आफू र परिवारलाई एकसाथ देख्न चाहनुहुन्छ भने घर भित्रै बस्नुहोस् ।’

सलमानले घर बाहिर ननिस्कने हो भने पुलिसले लाठी पनि नहान्ने भन्दै, ‘के मानिस पिटेर पुलिसलाई मनोजञ्जन हुन्छ भन्ने सोच्नुभएको छ ?’ भनेर प्रश्न गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?