Comments Add Comment

कोरोनाको मारमा खेल : फेरि कहिले सुरु होला फुटबल ?

४ वैशाख, काठमाडौं । फुटबल क्लोज डोरमा फर्कनेमा कुनै शंका छैन, तर यो थाहा पाउन असम्भव छ कि कहिले सुरु हुन्छ ? युरोपका शीर्ष लिगका प्रतिनिधिहरुको भनाइ हो यो ।

युरोपियन लिगका उपमहासचिव अल्बर्टो कोलम्बोले कोरोना भाइरस महामारीको कारण फुटबलको चालु सिजन अन्त्य हुनुलाई ठूलो संकट भनेका छन् ।

‘एसोसिएशनका धेरैजसो सदस्य, जसमा प्रिमियर लिग र इंग्लिस फुटबल लिग सामेल छन्, उनीहरुको प्राथमिकथा फुटबलमा फर्कनेमा छ’ उनले भनेका छन् ।

हाल सिजन स्थगित नभएका बेल्जियमलगायत केही देशले भने सिजन रद्ध गर्ने विचार गरिररहेको पनि उनले बताए । कोभिड १९ का कारण एकाध देश छाडेर युरोपभरि फुटबल गतिविधि लगभग स्थगित छ ।

प्रिमियर लिग क्लबले फुटबलको शुक्रबार वर्तमान अवस्थाको बारेमा छलफल गर्ने तयारीमा छन् । शीर्ष डिभिजनको लिग अहिले तत्कालै शुरु हुने सम्भावना छैन, प्रिमियर लिगमा अझै ९ राउण्डको खेल हुन बाँकी छ ।

गत हप्ता जर्मन क्लबहरू प्रशिक्षणमा फर्किएपछि युरोपमा आशा पलाएको छ । उनीहरुले सावधानी अपनाएर प्रशिक्षण गरेका थिए । बुण्डेसलिगा आउँदो मेमा शुरु गर्ने तयारी छ ।

तर कोलम्बोले होसियार रहन अपिल गरेका छन् । ‘समरमा लिग पुनः शुरु गर्नका लागि सक्षम परिस्थिति सिर्जना गर्नु अहिलेको प्राथमिकता हुनुपर्छ’ उनले भनेका छन् ।

कोलम्बोले अगाडि भनेका छन्, ‘तपाईंले प्रशिक्षण पुनः सुरु गर्नुपर्छ र आफ्नै प्रोटोकल विकास गर्नुपर्छ । यसमा कुनै शंका छैन कि यो क्लोज डोरमा हुनेछ । त्यसैले लिग आयोजकहरूले मेडिकल प्रोटोकल, प्रशिक्षण प्रोटोकल, म्याच अपरेशन प्रोटोकल विकसित गर्नुपर्छ ।’

खेलमाथि लागू हुने प्रतिबन्ध हटाउन सम्बन्धित देशका सरकार नै सक्रिय हुनुपर्ने उनको भनाइ छ । कोरोना भाइरस संक्रमितको संख्या पत्ता लगाउन अरु युरोपेली देश भन्दा जर्मनीले बढी स्वाब परीक्षण गरिरहेको छ ।

इटालियन फुटबल महासंघले यस सिजन मे को पहिलो हप्ता शुरु गर्नका लागि खेलाडीमा संक्रमण परीक्षण सुरु हुने आशा राखेको छ ।

‘यसमा कुनै शंका छैन कि खेलाडीहरूको स्वास्थ्य पहिले आउँछ, र खेलमा संलग्न सबैको स्वास्थ्य (क्लब, मिडियाका कर्मचारी) , सबैजना सुरक्षित हुनुपर्दछ’ कोलम्बोले भने, ‘परीक्षण गर्नु यी स्वास्थ्य उपायको एक महत्वपूर्ण अंश हो । तर अहिलेको अवस्थामा सबै देशहरुमा समान स्थिति छैन ।’

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment