+
+

र्‍यापिड टेस्ट नेगेटिभ आउँदैमा कोरोना संक्रमण छैन भन्न मिल्दैन : स्वास्थ्य मन्त्रालय

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ४ गते १८:२५

४ वैशाख, काठमाडौं । र्‍यापिड डायग्नोस्टिक किट (आरडीटी) विधिबाट परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आउँदैमा कोरोना संक्रमण छैन भन्न नमिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

हाल नेपालमा भारत तथा तेस्रो मुलकबाट आएकाहरुका साथै कोरोना संक्रमित भेटिएको क्षेत्रमा र्‍यापिड टेष्ट गर्ने गरिएको छ । ५ चैतमा बेलायतबाट आएका आमाछोरामा सोमबार कोरोना संक्रमण देखिएपछि पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई सय ९८ जनाको र्‍यापिड टेष्ट गरिएको थियो ।

र, ती सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्य मन्त्रालयले भने आरडीटी विधिबाट परीक्षण गर्दा नेगेटिभ आएको तर निजको कोरोना संक्रमित व्यक्तिसँगको संसर्ग वा सम्पर्क भएको एक हप्ता पुगेको छैन भने एक हप्तापछि पुनः आरडीटी गराउनुपर्ने बताएको छ । संक्रमित व्यक्तिको संसर्गमा रहेकाहरुको आरटी पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?