Comments Add Comment

प्रहरीले पक्राउ गरेकाहरूको पनि कोरोना परीक्षण गर्ने निर्णय

४ वैशाख, काठमाडौं । अपराध अनुसन्धानका लागि पक्राउ गर्नेहरुको कोरोना भाइरस (कोभिड-१९) परीक्षण गरिने भएको छ ।

महान्यायाधिवक्ता अग्नि खरेल, गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीसहितको बैठकले पक्राउ परेका व्यक्तिहरुमा कोरोना संक्रमणको अनिवार्य परीक्षण गर्ने निर्णय गरेको हो । स्वास्थ्य जाँचका क्रममा कोरोनाको सम्भावित संक्रमित देखिए छुट्टै राख्ने व्यवस्था मिलाउन प्रहरी प्रधान कार्यालयलाई भनिएको छ ।

अदालतमा अभियोग दर्ता भएर थुनछेक हुन बाँकी भएका तथा अदालत वा मुद्दा हेर्ने अधिकारको फैसला वा आदेशबाट थुनामा राख्न पठाइएकाहरुको पनि कोरोना परीक्षण गरिनेछ । यसरी पक्राउ परेका वा थुनामा राख्नुपर्नेहरुको प्राथमिकताका साथ कोरोना परीक्षण गर्ने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई भनिएको छ ।

यस्तै अभियुक्तको बयान, म्याद थपलगायतका काम सुरक्षित रुपमा गर्न, सामाजिक दुरी कायम गर्न र सम्भव भए श्रव्यदृश्य माध्यम प्रयोग गर्न पनि सुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment