४ वैशाख, काठमाडौं । स्थानीय सरकारहरुको सहकार्यमा गैह्र सरकारी संस्था डिसिए नेपालले स्वास्थ्य सामाग्री तथा राहत वितरण गरेको छ । डीसीएले पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा राहत तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।
हाल सम्म कंचनपुर, बर्दिया, बाँके, दैलेख, कैलाली र डोटी जिल्ला गरी १५६६ घर परिवारलाई स्थानीय सरकारले तोके बमोजिमको खाद्य सामाग्री वितरण गरिसकेको संस्थाले जनाएको छ ।
त्यस्तै विभिन्न पालिकाहरुको समन्वयमा क्वारेन्टाईनका लागी १४० बेड बनाउन पुग्ने सामाग्री, ५७ पिपिई सेट, १२ थर्मल गन, २७१ लिटर ‘स्यानिटाईजर’, १६१ प्याकेट चिकित्सा ग्लोभ्स, १७६३ स्यानेटरी प्याड,१०६२० सावुन तथा १०० सेट बाल्टिन र जग वितरण गरिसकेको डिसिए नेपालका ‘मानवीय सहायता तथा विपद् जोखिम न्युनिकरण म्यानेजर दिनेश गुरुङ्गले बताए ।
यी सबै सामाग्री आवश्यकता अनुसार विभिन्न समूदाय, क्वारेन्टाईन सेन्टर तथा स्वास्थ्य संस्थाहरुमा पुर्याईसकेको पालिकाहरुले जनाएका छन । डिसिएले थप सहयोगका लागी पालिकाहरुसँग समन्वय भइरहेको बताएको छ । “सरकारले आफ्नो क्षेत्रबाट गर्न सक्ने काम गरिरहेको छ ।
तर यो महामारीसँग लड्न सरकारको एक्लो प्रयासले मात्रै पुग्दैन, त्यसैले हामीले अपिल गरे अनुसारनै वहाँहरुले सहयोग गरिरहनुभएको छ,” दैलेख जिल्लाको आठबिस नगरपालीकाका मेयर खड्गराज उपाध्ययले बताए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4