+
+
Shares

दुधको ढुवानी र बिक्री सहज बनाउन डेरी एसोसिएसनको माग

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ४ गते २०:००

४ वैशाख, बुटवल । नेपाल डेरी एसोसिएसनले लकडाउनको समयमा दुध तथा दुग्धजन्य पदार्थको ओसार पसार र बिक्रीमा अवरोध नपु¥याउन माग गरेको छ ।

दुधलाई अत्यावश्यक वस्तु भने पनि एक प्रदेशबाट अर्को प्रदेशमा दुध तथा दुग्धजन्य पदार्थ ढुवानीमा अवरोध देखिएको भन्दै यथाशीघ्र अवरोध हटाउन माग गरेको हो ।

‘किसानबाट उत्पादित दुध ओसारपसार, डेरी पसल खोल्न र कर्मचारीलाई आवतजावतमा समस्या भएकाले कुनै पनि अवरोध गरिनुहुंदैन’ अध्यक्ष राधाकृष्ण सापकोटा र महासचिव प्रल्हाद दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, । एकै दिनमा बिक्री नगरिए दुध खेर फाल्नुपर्ने भएकोले बिक्री र ढुवानी सहज बनाउनुपर्ने उनीहरुको भनाइ छ ।

एसोसिएसनले दुधको कारोबार गर्ने किसान र व्यवसायीलाई मास्क, सेनिटाइजर, पञ्जाको व्यवस्था गर्न पनि सरकारसंग माग गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण गरिएको लकडाउनकाले दुग्ध क्षेत्र मारमा परेको भन्दै नोक्सान अनुसार अनुदान, बैंक व्याजमा छुट, स्टक सामान राहत प्याकेजमा समावेश, दुधको खपत बढाउन सन्देशमुलक सुचना प्रवाह, स्टोरको व्यवस्था, कर, भ्याट छुटको घोषणा सरकारबाट तत्काल गरिनुपर्ने एशोसिएसनको माग छ ।

‘लकडाउनका कारण हालसम्म दुई अर्ब रुपैयाँ बराबरको दुध बिक्री नभएर नोक्सान भएको छ, तत्काल राहत कार्यक्रम घोषणा नगरे उद्योग बन्द गर्न वाध्य हुनेछौं’ विज्ञप्तिमा भनिएको छ ।

लकडाउनका कारण कूल उत्पादनको ३० प्रतिशत दुध मात्र बिक्री हुन सकेको र देशभरका डेरीमा पाँच अर्ब रुपैयाँ बराबरको सामान स्टक रहेको अध्यक्ष राधाकृष्ण सापकोटाले बताए ।

दुग्ध क्षेत्रमा पाँच लाख किसान परिवार आवद्घ रहेका र ३० हजार भन्दा बढीले उद्योगस्तरमा प्रत्यक्ष रोजगारी पाएका एसोसिएसनका महासचिव प्रल्हाद दाहालले बताए ।

२५ अर्ब भन्दा बढी लगानी उद्योगस्तरमा भएको दुग्ध क्षेत्रबाट राज्यलाई वार्षिक एक अर्ब भन्दा बढी राजश्व आम्दानी हुने गरेको दाहालले बताए ।

नेपालमा दैनिक ६२ लाख लिटर दुध उत्पादन हुने गरेकामा औपचारिक क्षेत्रमा १७ प्रतिशत र अनौपचारिक क्षेत्रमा ३३ प्रतिशत खपत हुने गरेको छ भने कृषक स्वयंले ५० प्रतिशत उपभोग गर्ने गरेको डेरी एसोसिएसनको तथ्यांक छ ।

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?