+
+
Shares

प्रधानमन्त्रीले मन्त्रीहरुलाई बालुवाटार बोलाए, पैदल हिँडेर घर जानेहरुबारे निर्णय हुने

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ५ गते १३:०१

५ वैशाख, काठमाडौं । सरकारले पैदल हिँडेर गाउँ फर्किनेहरुलाई के गर्ने भन्ने छलफल थालेको छ । कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकमा यसबारे कुराकानी भएको थियो ।

तर, निर्णय गर्नु अगाडि नै प्रधानमन्त्री केपी शर्मा ओलीले समितिमा रहेका मन्त्रीहरूलाई बालुवाटार बोलाएका छन् । एक मन्त्रीले भने, ‘प्रदेश र स्थानीय तहसँग समन्वय गरेर के गर्न सकिन्छ भनेर छलफल भएको छ । तर, अब प्रधानमन्त्रीले के भन्नुहुन्छ, त्यस आधारमा निर्णय हुन्छ ।’

स्रोतकाअनुसार सरकारले घर जान दिने भनेर घोषणा नगर्ने तर जनप्रतिनिधिहरुसँग समन्वय गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाउने विकल्पबारे छलफल भएको छ । तर, कुनै निर्णय भएको छैन ।

लकडाउनका बाबजुद मानिसहरू हिँडेर गाउँ फर्किन थालेपछि सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नदिने निर्णय गरेको छ । प्रहरीले पनि बाटोबाटोमा रोक्छ । तैपनि पैदल हिँड्ने क्रम रोकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?