Comments Add Comment

टाउको दुखाइ : समस्या अनेक

सामान्य अवस्थामा पनि बेलाबखत टाउको दुख्छ । जस्तो लामो समय घाममा बस्दा पनि टाउको दुख्छ । धेरै चिसो भएमा पनि टाउको दुख्छ । राति राम्ररी निद्रा परेको छैन भने टाउको दुख्छ । लामो यात्रा गर्नुभयो भने पनि टाउको दुख्छ ।

तर, टाउको दुखाइको पछाडि यतिमात्र कारण छैन । अरु थुप्रै कारणले टाउको दुख्न सक्छ । जस्तो पिनास भएमा, माइग्रेन भएमा, तनाव भएमा । यी अवस्थामा टाउको दुखाइ कस्तो हुन्छ ? त्यसको उपचार के हुनसक्छ ?

पिनास (साइनस)

पिनासका कारण टाउको दुखेमा टाउकोको अगाडि भाग तथा अनुहारमा पीडा हुने गर्छ ।  जब टाउकोमा पिनास भरिन्छ वा आँखा, नाक तथा गालाको पछिल्तिर रहेको पिनासको नलीमा अवरोध हुन्छ। उक्त नलीमा अवरोध भएपछि टाउकोमा अधिक पीडा हुने गर्छ ।

बिहानीको समयमा यो पीडा बढी हुन्छ भने टाउको अगाडि-पछाडि लैजाँदा पनि अधिक पीडा हुने गर्छ ।

यस्तो अवस्थामा अधिक मात्रामा पानीको सेवन गर्ने ।

पिनासका कारण टाउको दुखेमा अधिक मात्रामा तातो पानीको सेवनले टाउकोमा जमेको पिनासलाई पगाल्न मद्दत गर्छ । त्यसबाहेक चिसो वा तातो कपडाको सहायताले पिनास भएको ठाउँ वरिपरि थिचेर पनि टाउको दुखाइ कम गर्न सकिन्छ ।

तनाव

कतिपय अवस्थामा तनावले पनि टाउको दुख्छ । मांसपेशीमा तनाव भएमा टाउको तथा गर्दनमा बढी पीडा हुने गर्छ । यस्तो दुखाइ तुरुन्तै निको पनि हुनसक्छ, निको हुन केही दिन पनि लाग्न सक्छ ।

अनिन्द्रा, गलत खानपान, तनाव पूर्ण वातावरण,  मदिराको सेवनले पनि टाउको दुखाइलाई बढाउने गर्छ।

तनावका कारण टाउको दुखेमा सम्पूर्ण टाउको वा टाउकोबाट सुरु भएको पीडा गर्दन वा कुमतिर सर्ने गर्छ । तनावका कारण टाउको दुखेमा आँखाको माथि वा टाउको पछाडिको भागमा निरन्तर घोचेजस्तो महसुस हुने गर्छ ।

पर्याप्त निद्रा, अदुवाको चियाको सेवनले पनि शरीरलाई तनावबाट मुक्ति दिलाउँछ । त्यस्तै, टाउकोलाई चिसो राख्ने विभिन्न तेलको प्रयोगले पनि तनावका कारण हुने टाउको दुखाइबाट शरीरलाई आराम दिलाउँछ ।

माइग्रेन

सामान्यतयाः माइग्रेन दुखाइ २५ वर्ष उमेरदेखि ५५ वर्ष उमेर समूहका मानिसलाई बढी हुने गर्छ । अन्य उमेर समूहका मानिसलाई पनि माइग्रेन हुने गर्छ ।

माइग्रेन पेन भएमा पीडा एउटा आँखामा मात्र पनि सीमित हुनेगर्छ  । यस किसिमको दुखाइ अचानक सुरु हुन्छ र टाउकोको एउटा भागमा मात्र पनि रहन सक्छ। माइग्रेन पेनको विभिन्न लक्षण हुने भएकोले यसलाई अन्य दुखाइभन्दा भिन्न पनि मानिने गर्छ ।

माइग्रेन पेन भएमा आँखामा आँसु भरिने, नाकबाट सिँगान बग्ने वा नाक बन्द हुने जस्ता समस्या देखिन सक्छ । माइग्रेन भएमा थकाइ लाग्ने, हाइ आउने, दृष्टि परिवर्तन हुने, हातखुट्टा झम्झमाउने गर्छ ।

माइग्रेन पेनमा ओमेगा-३ फ्याट्टी एसिड, म्याग्नेसियम तथा भिटामिन बी १२ को सेवन लाभदायक मानिन्छ । यसको लागि आफ्नो नियमित खानामा यी कुराहरु समावेश गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment