Comments Add Comment

महामारीमा स्वास्थ्यकर्मीको सुरक्षा र अस्पतालको व्यवस्थापन

अहिले कोरोना संक्रमित तथा सम्भाव्य संक्रमित बिरामीहरूलाई पाटन अस्पताल, महाराजगञ्ज तथा वीर अस्पताल लगायत अन्य बिरामीहरूको पनि उपचार गरिने अस्पतालहरूमा उपचार गरिँदै आइएको छ ।

आवश्यक पूर्वाधारहरूको कमी भएको हाम्रो जस्तो देशमा रातारात नयाँ कोभिड अस्पतालहरू बन्न त असम्भव छ । त्यसैले हाललाई ननकोभिड अस्पतालहरूमै उपचारको व्यवस्था मिलाउनु स्वाभाविकै पनि मानिएला । तर, यसरी उपचार गर्दा स्वास्थ्यकर्मीहरूमा कोभिड बिरामी हेर्ने र ननकोभिड बिरामी हेर्ने भनेर नछुट्टिँदा एक अर्काका संक्रमण धेरै फैलिनसक्ने खतरा रहन्छ ।

अर्कोतिर, सबै प्रकारका बिरामीहरू त्यस्तो अस्पतालमा उपचाररत हुने हुनाले उनीहरूलाई पनि संक्रमणको डर रहन्छ । अन्य बिरामीहरूको कुरुवा तथा अत्यावश्यक भेट्न आउनुपर्ने आफन्तहरूको मुभमेन्ट धेरै हुने हुनाले भिजिटर्सहरूमा पनि संक्रमण हुनसक्ने खतरा अत्यधिक रहन्छ ।

हुन त अस्पतालका भवनहरू छुट्टाछुट्टै प्रयोग गरेर उपचार गर्न नसकिने त हैन ? तर, अस्पताल भित्रका कतिपय पूर्वाधारहरू सबैले प्रयोग गर्नुपर्ने बाध्यता रहन्छ । साथै, विशेष स्वास्थ्य चेतनाको अभावको कारणले एउटै अस्पातालमा यसरी काम गर्न हाम्रो देशमा जोखिम नै रहन्छ ।

अर्कोतिर, स्वास्थ्य सामाग्रीहरू जस्तो कि पीपीईकै कुरा गरौं न । ननकोभिड अस्पतालहरूमा पीपीई पनि सबैको लागि अनिवार्य व्यवस्था गरिनु पर्ने हुनाले आवश्यक पीपीई नै नभइरहेको अवस्थामा त्यसको वेस्टेज हुने भयो नि ।

तसर्थ, हामीले कोरोना संक्रमित तथा रेड जोनमा परेका र आईसोलेसनमा राख्नुपर्ने बिरामीहरूको लागि छुट्टै अस्पतालहरू घोषणा गर्नुपर्ने आवश्यक देखिन्छ ।

अहिले सबैको लागि उपचार हुँदै आएका अस्पतालका केही बिरामीहरूलाई अन्य अस्पतालमा स्थान्तरण गरेर यो काम तुरुन्तै गर्न सकिन्छ । यसरी काम गरेको खण्डमा काम विशिष्टीकरणको फाइदा लिन पनि सकिन्छ र बिरामीको पनि थप हेरचाह समेत हुनेछ । साथै, स्वास्थ्यकर्मीहरूको काम पनि बाँडफाट भएर सुरक्षा व्यवस्थापन थप प्रभावकारी हुनेछ ।

अहिले अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरू पीपीईको अभावमा २४ घन्टे, ४८ घन्टे ड्युटीहरू गरिरहेका छन् । यदि यही काम कोरोना संक्रमितको मात्र उपचार गरिने कोभिड अस्पतालमा गर्न पाउँदा यस्तो अवस्था रहन्न ।

सबैभन्दा ठूलो कुरा स्वास्थ्य सामग्रीहरूको थोरै उपयोग र सही सदुपयोग हुन पाउँछ । एकपटक प्रयोग गरिसकेको पीपीई फेरि प्रयोग गर्दा जोखिम रहन्छ । अहिले कतिपय स्वास्थ्यकर्मीहरू त्यही एउटै पीपीई अटो क्लिक गरेर पुनः प्रयोग गर्ने गरेका छन् भन्ने पनि सुनिएको छ ।

तसर्थ, जसलाई पीपीई आवश्यक छ । त्यसले मात्र प्रयोग गर्ने र यसको सुरक्षित प्रयोग गर्ने व्यवस्था तुरुन्त मिलाउनु आवश्यक देखिन्छ । छिमेकी देश भारतमा यसको संक्रमण तीव्र रूपमा बढिरहेको छ । हामीले नमुना परीक्षणलाई अपेक्षित रूपमा बढाउन सकेका छैनौँ । त्यसैले, सम्भाव्य खतरालाई मध्यनजर राख्दै हामीले भविष्यका लागि स्वास्थ्य सामग्रीहरूको जोहो गर्नु पनि आवश्यक छ ।

भोलि २००/४०० संक्रमित बिरामीहरू नपुग्दै हामीहरुकोमा भेन्टिलेटर छैन । इन्टुबेसनको अवस्था मजबुद छैन । साथै, स्वास्थ्य जनशक्तिको पनि कमी छ । उनीहरूको मजबुती त्यसबेला राम्रो हुन्छ जब उनीहरू कामको बेला तथा भविष्यका लागि पनि आफू सुरक्षित भएको महसुस गर्छन् ।

संसारमा कोरोना भाइरसको वेभ हेर्दा कम्तीमा हामीहरू अझै तीन/ चार महिना होसियार हुनु आवश्यक देखिन्छ । तसर्थ, भाइरस आउटब्रेक हुनु अगाडि नै त्यस्तो नहोला, हुँदै नहोस् पनि । यसको लागि सम्बन्धित निकायले देहायका कुराहरूमा ध्यान दिनु आवश्यक देखिन्छ :-

१. उपयुक्त स्वास्थ्य सामग्रीहरूको जोहो गर्ने । जस्तो, पीपीई, ग्लोब, माक्स, सेनिटाइजर आदि ।

२ केही अस्पतालहरूलाई कोभिड अस्पताल घोषणा गरेर कोरोना भाइरस संक्रमितहरूको त्यहीँबाट उपचार सुरु गर्ने ।

३ सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई स्वतस्फूर्त सेवाको लागि नाम दर्ताको काम सुरु गर्ने ।

४ आइसीयू, भेन्टिलेटर तथा इन्टुबेसनको तयारी सुरु गरिहाल्ने । कम्तीमा एक हजार भेन्टिलेटरको व्यवस्थाको बारेमा सोच्ने ।

५ हामीसँग तयारीको लागि अझै समय छ । योजना बनाएर आजैबाट काम सुरु गरिहालौँ ।

जनचेतनाका लागि इन्टरनेट, टीभी, रेडियो आदिले व्यापक प्रचारप्रसार गरेकै छन् । त्यसमा समस्या छैन ।

(पेडियाट्रिक नर्सिङमा एमएस्सी गरेकी ओझा मेडिकल कलेजकी उपप्राध्यापक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

पूजाको आक्रोश

Advertisment