Comments Add Comment

‘बाहुबली’ निर्देशकसँग महेश बाबुको टिमअप

‘बाहुबली’ फ्रेम्ड निर्देशक एसएस राजमौली अहिले नयाँ चलचित्र ‘आरआरआर’मा व्यस्त छन् । चलचित्रको छायांकन अन्तिम चरणमा छ । तर, लकडाउनले गर्दा अहिले छायांकन रोकिएको छ ।

यस चलचित्रमा उनले दक्षिण भारतीय चलचित्रमा दुई स्टार जुनियर एनटीआर र राम चरण मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् । साथै चलचित्रमा बलिउड स्टार अजय देवगण र आलिया भट्टलाई पनि देख्न सकिनेछ ।

यस्तैमा, एसएस राजमौलीले नयाँ चलचित्रको घोषणा गरेका छन् । जुन चलचित्रमा उनले साउथ स्टार महेश बाबुलाई मुख्य भूमिकामा प्रस्तुत गर्दैछन् । जुन चलचित्रलाई केएल नारायणले निर्माण गर्ने पक्का भएको छ । चलचित्रको नाम भने सार्वजनिक गरिएको छैन ।

यसै चलचित्रमार्फत् महेश बाबु बलिउडमा डेब्यु गर्दैछन् । महेश बाबु र राजमौलीको सहकार्य र महेश बाबुको बलिउड इन्ट्रीलाई लिएर धेरै उत्साहित छन् । राजमौलीले ‘आरआरआर’ रिलिज पछि यस चलचित्रलाई समय दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment