Comments Add Comment

बागलुङकी वृद्धाको अन्तिम रिपोर्ट नेगेटिभ, डिस्चार्जको तयारी

६ वैशाख, काठमाडौं । नेपालको छैटौं कोरोना भाइरस (कोभिड-१९) संक्रमित बागलुङकी ६५ वर्षीया महिलाको अन्तिम रिपोर्ट नेगेटिभ आएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य अधिकृत सुरज गुरौले महिलाको अन्तिम रिपोर्ट पनि नेगेटिभ आएको पुष्टि गरे । उनले ती वृद्धालाई डिस्चार्ज गर्ने तयारी गरिएको पनि जानकारी दिए ।

चैत २० गते संक्रमण पुष्टि भएपछि ती वृद्धालाई धौलागिरि अञ्चल अस्पतालमा भर्ना गरिएको थियो ।

उनी चैत ४ गते उनी बेल्जियमबाट कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएकी थिइन् । सोही दिन एउटै विमानबाट आउने नेपाल आउने तीन जनामा कोरोना संक्रमण देखिएको थियो ।

तीमध्ये काठमाडौंकी युवती शनिबार डिस्चार्ज भएकी छन् । बागलुङकी अर्की युवती भने धौलागिरि अस्पतालमा उपचाररत छन् ।

यो पनि पढ्नुहोस एम्बुलेन्स चालक भागेपछि जनस्वास्थ्य प्रमुखले आफैं ल्याए कोरोना संक्रमितलाई अस्पताल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment