Comments Add Comment

अस्पताललाई कोभिड-१९ स्क्रिनिङ बुथ हस्तान्तरण

६ वैशाख, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पताललाई कोभिड-१९ स्क्रिनिङ बुथ हस्तान्तरण गरिएको छ । उद्योगी तथा नेपाली कांग्रेसका नेता अनिल रुंगटाको सहयोगमा सानो पाइलाले निर्माण गरेको बुध हस्तान्तरण गरिएको हो ।

बुथ बनाउन ५५ हजार खर्च लागेको सानो पाइलाले जनाएको छ । कोभिड-१९ बुथभित्र बसेर चिकित्सकले कोरोनाको शंका लागेका बिरामीहरुको जाँच गर्न मात्रै नभएर स्वाव संकलन गर्न सक्नेछन् । स्वाब संकलन गर्दा चिकित्सक बुथभित्र र बिरामी बाहिर रहनेछन् ।

यसरी बुथबाट स्वाब संकलन गर्दा चिकित्सकलाई संक्रमणको जोखिम न्यून हुन्छ । बुथमा एलईडी बल्ब, माइक, स्पिकर, चिकित्सकका लागि पञ्जालगायत सामग्रीको व्यवस्था गरिएको छ । बुथलाई आवश्यक परेको ठाउँमा लैजान समेत मिल्नेगरी बनाइएको छ ।

स्वाब संकलन गर्ने क्रममा चिकित्सक पनि जोखिममा देखिएकोले बुथ बनाएर हस्तान्तरण गरिएको सानो पाइलाका जय साहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment