Comments Add Comment

पोखरा महानगरमा सेनिटाइजर टनेल

७ वैशाख, पोखरा । पोखरा महानगरपालिकाको परिसरमा स्वचालित सेनिटाइजर टनेल राखिएको छ ।

महानगरपालिकाले नेपाल इन्जिनियरिङ एसोसिएन गण्डकी प्रदेशसँगको सहकार्यमा उक्त सेनिटाइजर टनेल बनाएको हो । सिंगो शरीरलाई सेनिटाइज गरी मानिसको कपडामा भएको भाइरस मार्ने स्वाचालित सेनिटाइजर टनेलको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार शुभारम्भ गरे ।

मुख्यमन्त्री गुरुङले सधैं लकडाउन सम्भव नहुने भएकाले विज्ञानले विकास गरेको प्रविधिलाई प्रयोग गरेर कोरोनालाई नियन्त्रण गर्नुपर्ने बताए ।

उनले सर्वसाधारणको भीडभाड हुने स्थान अस्पताल, सरकारी कार्यालय, डिपार्टमेन्टल स्टोर्सलगायतमा यस्तो स्वचालित सेनिटाइजर टनेल राख्नुपर्ने बताए । उनले कोरोना महामारीले अहिले मानिसको दैनिकीलाई मात्र असहज बनाए पनि यसले दीर्घकालीन रुपमा ठूलो आर्थिक असर पार्ने भन्दै यसलाई कम गर्न अहिलेदेखि योजना बनाउनुपर्ने बताए ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले इन्जिनियरहरुले बनाएको यो सेनिटाइजर टनेललाई पोखराको ब्रान्ड बनाउनुपर्ने बताए ।

करिब ५ सेकेन्डमा यो स्वचालित सेनिटाइजर टनेलले मानिसको शरीरमा भएको किटाणु मारिसक्ने नेपाल इन्जिनिरिङ एसोसिएसन गण्डकीका अध्यक्ष बाबुराम भण्डारीले जानकारी दिए ।

गण्डकी प्रदेश र पोखरालाई कोरोना भाइसरबाट सुरक्षित राख्न गण्डकी प्रदेश तथा पोखराका नाकाहरुमा यस्तो सेनिटाइजर टनेल राख्नुपर्ने उनले बताए । उनका अनुसार यो सेनिटाइजर टनेल बनाउँदा १ लाख ५० हजारको सामग्री लागेको र एनइएका इन्जिनियरले प्राविधिक शिक्षाको उपयोग गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment