
७ वैशाख, काठमाडौं । कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई थप १० दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई अनुमति दिएको छ ।
ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरेको आरोपमा सुलभ गत चैत २५ गते पक्राउ परेका थिए । कालोबजारी गरेको कसुरमा उनीमाथि अनुसन्धान गर्न यसअघि प्रशासन कार्यालयले पहिलो पटक ७ दिन र त्यसपछि ५ दिन अनुमति दिएको थियो ।
अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप समय माग गरेपछि प्रशासनले थप समय दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
पाँच हजार पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्न लागेको भन्दै प्रहरीले काठमाडौंका नक्सालबाट अग्रवाललाई पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4