Comments Add Comment

मिर्गौलामा पत्थरी : के छ उपचार ?

मिर्गौलाले रगतलाई फिल्टर गर्दा त्यसबाट सोडियम र क्याल्सियमका साथमा अन्य मिनरल्सका अवशेष राम्रा कणहरुको रुपमा निस्किएर यूरेटरको माध्यमबाट ब्लेडरसम्म पुग्छ, जुन पिसाबसँगै शरीरबाट बाहिर निस्किन्छ ।

तर कहिलेकाहीँ रगतमा यी तत्वहरुको मात्रा बढेर गयो भने यो मिर्गौलामा जम्मा भएर बालुवाको कण वा ढुंगाको टुक्राजस्तो आकार ग्रहण गर्छ र यसबाट ब्लडरसम्म पिसाब पुग्ने बाटोमा रोकावट उत्पन्न हुन्छ ।

मिर्गौलामा कुनै समस्या उत्पन्न भयो भने त्यसको लक्षण प्रष्टरुपले व्यक्तिको शरीरमा देखिन्छ । व्यक्तिले कहिले अन्जानमा त कहिले लापरवाहीका कारण यसलाई नजरअन्दाज ग¥यो भने समस्याले ठूलो रुप लिन्छ ।

पेटमा तीव्र दुखाई, बारम्बार ट्वाइलेट जानु, पिसाब गर्ने बेला दुखाई, पिसाबबाट रगत आउनु, कम्पनका साथ ज्वरो, भोक नलाग्नु, छटपटी हुनु आदि मिर्गौला खराब भएका मुख्य लक्षण हुन् ।

के छ उपचार

मिगौलमा पत्थरीको समस्या सामान्य अवस्थामा औषधिले पनि ठिक हुन्छ । तर कहिले काहीँ मिर्गौलमा क्याल्सियमको मात्रा अत्यधिक हुन्छ, जसले गर्दा स्टोन कडा हुन्छ र त्यसलाई निकाल्न सर्जरीको आवश्यकता पर्छ । यद्यपि आजकाल सर्जरीको अलावा ल्याप्रोस्कोपी, यूरेट्रोस्कोपीजस्ता कयौं प्रकारका नयाँ प्रविधि विकसित भएका छन्, जसको मद्दतले सजिलै स्टोनलाई निकाल्न सकिन्छ र विरामीलाई खासै अप्ठेरो हुँदैन ।

कसरी थाहा पाउने ?

– पटक पटक पिसाब आउँछ र यो क्रम रातमा बढी हुन्छ ।

– पेटको तल्लो भागमा पीडा तथा जलन हुन्छ ।

– पिसाब फेरेको बेला जलन वा पीडा हुन्छ ।

– पिसाब रोक्न गाह्रो हुनु ।

कसलाई हुनसक्छ ?

– पाको व्यक्तिमा जसलाई प्रोस्टेटको समस्या छ ।

– जसको उमेर ८० बर्षभन्दा बढी भयो ।

– त्यस्तो पुरुष जसले बढी जंक फूड र फास्ट फूड सेवन गर्छ ।

– त्यस्तो व्यक्ति जसले पानी कम पिउँछन् ।

– जसको डाइटमा पोषणको कमी छ ।

– परीक्षणबाट सो कुरा सहि निस्किएमा औषधीको माध्यामबाट पनि यसको उपचार खोजिन्छ । औषधीले पत्थरीलाई टुक्रा टुक्रा बनाएर पिसाबको माध्याबाट बाहिर निकाल्छ । यदि औषधीले संभव भएन भने शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

घरेलु उपचार

– घरेलु उपचार विधी पनि अपनाउन सकिन्छ । यद्यपी चिकित्सकिय उपचार छाड्नु हुँदैन । घरेलु बिधीवाट पनि पत्थरी बाहिर निस्कन सक्छ, यद्यपी सावधानी अपनाउनु पर्छ ।

–थाहा भएकै हो, खराब खानपानको कारण पनि पत्थरी हुन्छ । त्यसैले हल्का, सुपाच्य र पोषणले भरपुर खानेकुरा सेवन गर्नुपर्छ ।

शरीरमा कहिले पनि पानीको अभाव हुन दिनु हुँदैन । दिनभर समय समयमा पानी पिउनुपर्छ । जुस, सुपको सेवन गर्न सकिन्छ । यद्यपी चिया, मदिरा, सोडा, कफीको सेवन हानिकारक हुनसक्छ ।

– मूत्राशयको पत्थरीको घरेलु उपचार गर्ने हो भने, रोगीलाई केहि दिनसम्म कागती पानी, सुन्तलाको जुस, अधिक पानी पिउनुपर्छ ।

-रोगीले बिहान टहल्नु पर्छ र दुई हप्तामा एक दिन उपवास गर्नुपर्छ । यसका साथै खानामा दही, सब्जी, सलाद आदि भरपुर लिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment