
८ वैशाख, काठमाडौं । पाकिस्तानले रमजानमा मस्जिदहरू खुला गर्ने र सामूहिक नमाज पढ्न दिने भएको छ ।
यही साता विश्वभर रमजानको महिना सुरु हुनेछ । रमजानको महिनामा साँझ मुसलमान मस्जिदमा एकसाथ नमाज पढ्छन् । पाकिस्तानले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन मस्जिदमा समूहमा नमाज पढ्न रोक लगाएको थियो । तर, अब उसले आफ्नो निर्णय फिर्ता लिएको छ ।
धार्मिक नेताहरूबीच भएको सहमति अनुसार अब ५० वर्ष कटेका, बच्चा र फ्लूको लक्षण भएकाहरूलाई मस्जिदमा आउन दिइने छैन । मस्जिदको कार्पेट हटाइनेछ र फ्लोर हरेक दिन सफा गरिनेछ । नमाज पढ्न आउनेहरूबीच उचित दुरी कायम गरिनेछ र फेस मास्क पनि लगाउन सकिने छ ।
हात मिलाउन र अङ्कमाल गर्न पनि रोक लगाइएको छ । यदि यो गाइडलाइन उल्लङ्घन भएमा सहमतिमा पुनर्विचार गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4