+
+
Shares

राष्ट्रपतिले अध्यादेश जारी गरेपछि नेकपा सचिवालय बैठक प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ८ गते २०:४१

८ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयमा छलफल भइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सोमबार सिफारिस गरेका दुई अध्यादेश जारी गरेपछि बैठक प्रभावित भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । मुलुक कोरोना महामारीसँग लडिरहेको बेला पार्टीमा छलफल नै नगरी सरकारले अध्यादेश ल्याउन लागेको भन्दै नेताहरुले विरोध गरेपछि नेकपाले सोमबार साँझ साढे ५ बजे सचिवालय बैठक बोलाएको थियो ।

बैठकको सुरुमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अध्यादेश ल्याउनुको कारणबारे ब्रिफिङ गरे । त्यसपछि नेताहरुले त्यसमाथि आ आफ्नो धारणा राखिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले दुबै अध्यादेश जारी गरेको सूचना आएपछि सचिवालय बैठक नै प्रभावित भएको हो ।

अध्यादेशलाई महत्वका साथ लिएर छलफल भइरहेको बेला राष्ट्रपतिबाट प्रमाणीकरण भएको खबर आएको भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘यसले स्वाभाविक रुपमा थप छलफल गर्नुको औचित्य रहेन ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?