Comments Add Comment

कौशलटारबाट गाडीमा गाउँ पठाइए मजदुर, हेर्नुस् ८ तस्वीर

९ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन युवा संघले दुई सय बढी मजदुरलाई कैलाली, सिन्धुपाल्चोक, दोलखा, रोमछाप, सिन्धुली र काभ्रेको भकुन्डेबेसी पठाएको छ ।

उपत्यकामा अलपत्र मजदुरहरूलाई चार वटा बस र एउटा ट्रकमा हालेर सोमबार राति विभिन्न जिल्ला पठाएको हो ।

यसअघि आइतबार साँझ पनि युवा संघले सिन्धुली, ओखलढुंगा, सुनसरी, उदयपुर, सप्तरी, खोटाङ र रामेछापमा मजदुरहरूलाई पठाइसकेको छ ।

अलपत्र परेकाहरूलाई खाना खुवाउँदै राख्ने र गन्तव्यमा पठाउने गरिएको छ । यहीअन्तर्गत युवा संघले कौशलटारको ह्वाइट प्यालेसमा मजदुरहरूलाई खाना खुवाउँदै राख्दै आएको छ ।

गठ्ठाघरमा पनि मजदुरहरूलाई राखिएको छ। युवासंघ अध्यक्ष दीपशिखाले आफू बसेको गठ्ठाघरका स्थानीय र स्थानीय कमिटीबाट ५१ हजार रुपैयाँ नगद संकलन गरेर सानोठिमीको मुनाल बस्तीका ५५ घरेलु परिवारलाई १०/१० किलो चामल, २/२ किलो दाल, नुन र तेल पनि वितरण गरेको सुनाए ।

त्यसअघि, बाइपासमा अलपत्र बर्दियाका १२ मजदुरलाई दुई दिन राखेर जिल्ला पठाइएको उनले जनाए । ललितपुरको च्यासलमा अलपत्र मजदुरलाई र बानेश्वरका सेक्युरिटी मजदुरका परिवारलाई पनि राहत बाँडिएको उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment