+
+

एक नेपालीसहित ६ पर्यटक भारतको गुफामा भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ९ गते १३:३५

९ वैशाख, काठमाडौं । भारतमा एक नेपालीसहित ६ जना विदेशी नागरिकलाई गुफाभित्र बसिरहेको अवस्थामा प्रहरीले फेला पारेको छ । कोरोना संक्रमणबाट बच्न भारतीय सरकारले घोषणा गरेको लकडाउनपछि उनीहरु गन्तब्यमा पुग्न पाएका थिएनन् ।

त्यसकारण गुफामा बसिरहेको अवस्थामा उनीहरुलाई फेला पारेको उत्तराखण्ड प्रहरीले जनाएको छ । उनीहरु एक महिनादेखि गुफामा बसिरहेको प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतको उत्तराखण्ड राज्यको ऋषिकेश नजिकै एक होटेलमा बसेका उनीहरु होटेलमा खाने बस्ने पैसा नभएर बेखर्ची भएपछि गुफामा पुगेको बयान प्रहरीसमक्ष दिएका छन् । उनीहरु २४ मार्चदेखि गुफामा थिए ।

यसरी बसेका पर्यटकमा चार पुरुष र एक महिला छन् । उनीहरु फ्रान्स, टर्की, युक्रेन, अमेरिका र नेपाली नागरिक भएको प्रहरीले जनाएको छ । प्रहरीले आइतबार उनीहरुलाई फेला पारेको थियो ।

उत्तराखण्ड प्रहरीका प्रवक्ता मुकेश चन्दलाई उदृत गर्दै संचारमाध्यमले उल्लेख गरेअनुसार उनीहरुलाई आइतबार प्रहरीले फेला पारेको हो । त्यसपछि ऋषिकेशस्थित एक आश्रमको जिम्मा लगाइएको छ ।

‘हामीले फेला पारेका पर्यटकलाई ऋषिकेशस्थित स्वर्ग आश्रममा लगेर राखेका छौं,’ प्रवक्ता चन्दले भनेका छन्, ‘त्यहा उनीहरुले दुई साता लामो क्वारेन्टाइनमा बस्नुपर्नेछ ।’

उनका अनुसार पर्यटकको स्वास्थ्य अवस्था सामान्य रहेको छ । आफुसँग भएको रकम सकिएपछि होटेल छाडेर गुफामा आउनु परेको प्रतिक्रिया पर्यटकले दिएका छन् । यद्यपी उनीहरुको व्यक्तिगत परिचय भने सार्वजनिक गरिएको छैन । उत्तराखण्ड २० मार्चदेखि नै लकडाउन गरिएका कारण उनीहरु अलपत्र परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?