Comments Add Comment

बैशाखको पेन्सन १६ गतेपछि मात्र आउने

९ वैशाख, काठमाडौं । सेवानिवृत्त कर्मचारीले वैशाखमा पाउने पेन्सन १६ बैशाखपछि मात्र भुक्तानी हुने भएको छ ।

महालेखा नियन्त्रक कार्यालय मातहतको निवृत्तिभरण व्यवस्थापन कार्यालयले बैशाखको पेन्सन बैशाख पहिलो साता नभई १६ वैशाखपछि मात्र भुक्तानीको व्यवस्था गर्न नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकलाई परिपत्र गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिले निवृत्तिभरकहरुको ६/६ महिनामा हुनुपर्ने उपस्थितिलाई समेत असार मसान्तसम्म उपस्थित हुन नपर्ने गरी सारिएको छ ।

सरकारले हरेक महिना पेन्सन उपलब्ध गराउँछ । तर, हरेक ६/६ महिना भने बैंकमा स्वयम्ः उपस्थित हुनुपर्छ । तर, कोरोना भाइरसको संक्रमण बढ्ने दरले यस्तो उपस्थिति हुने अवस्थालाई असार मसान्तसम्म सारिएको हो ।

सरकारले १५ वैशाखसम्म लकडाउन घोषणा गरेको छ । त्यसपछि भने बैंकहरुले पूर्वकर्मचारीको पेन्सन खातामा भुक्तानी गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment