+
+
Shares

यूएईमा एक नेपालीले आत्महत्या गरे

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १० गते ९:२६

यूएई । यूएईमा वैदेशिक रोजगारीका क्रममा रहेका फुर्वा तामाङले आत्महत्या गरेका छन् । उनले केही दिनअघि मात्रै कोरोना परीक्षण गरेका थिए । परीक्षणमा रिर्पोट नेगेटिभ आएपछि उनी नियमित काममा फर्किएका थिए ।

तामाङले मंगलबार साँझ कोठामा कोही नभएको मौकामा आत्महत्या गरेका हुन् । उनले के कारणले आत्महत्या गरे भन्ने खुलेको छैन । केही महिनाअघि नेपाल विदामा आएर फर्किएका तामाङले कोरोनाको मनोवैज्ञानिक त्रासका कारण आत्महत्या गरेको आशंका गरिएको छ ।

बाथरुममा पासो लगाएर आत्महत्या गरेको अवस्था उनको शव भेटिएको यूएईमै रहेका उनका आफन्त कुमार तामाङले जानकारी दिए । झापाको मेचीनगर ४ नमूना आमडाँगी घर भएका तामाङ सारजाहस्थित अल्नादाको बालबाक क्यासल मिट सपमा कार्यरत थिए ।

३८ वर्षीय तामाङको शव प्रहरीले पोष्टमार्टमा लागि लगेको छ । लकडाउन खुलेपछि शव लिएर ल्याउन तयारी थालिएको काठमाडौंमा रहेका तामाङका साथी अनिश गुजरेलले जानकारी दिए । तामाङ साढे २ वर्षअघि यूएई पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?