+
+
Shares

अध्यादेश लोकतन्त्र र देशका लागि घातक : साझा पार्टी

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १० गते १२:२९

१० वैशाख, काठमाडौं । नेपाल सरकारले जारी गरेको दुई अध्यादेश लोकतन्त्र र देशका लागि घातक रहेको साझा पार्टीले टिप्पणी गरेको छ ।

साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै देशका लागि घातक रहेको अध्यादेश खारेजीका लागि संयुक्त मोर्चा निर्माणको आवश्यक रहेको बताएका छन्।

संयुक्त मोर्चा निर्माणका लागि साझाले संसदमा रहेका र नरहेका दल, नागरिक समाज र आम सर्वसाधारणसँग आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक दलसम्बन्धी अध्यादेश निहित स्वार्थपूर्तिका लागि पार्टी फुटाउने कुत्सित मनसायबाट र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संवैधानिक निकायमाथि पूर्ण नियन्त्रण कायम गरी राजनीतिक प्रतिशोध साँध्ने ध्येयबाट प्रेरित भएको प्रष्टै देखिन्छ।’

कोरोना महामारीका कारण तत्काल सडकमा उत्रिन नसकिने अवस्था रहेको भन्दै सो पार्टीले डिजिटल प्रविधिमार्फत अभियान चलाउन सबैसँग आव्हान गरेको हो ।

सुरक्षा प्रोटोकलको व्यवस्था मिलाएर तुरुन्त संघीय संसदको बैठक आह्वान गर्न दबाव सिर्जना गर्नु पर्ने भन्दै साझाले संवैधानिक निकायमा राजनीतिक भागबण्डा बन्द गर्ने प्रणमा सबै लाग्नु पर्ने बताएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?