+
+
Shares

विद्यार्थीका लागि क्राउन इन्स्टिच्युटले छुट्यायो २५ लाख अस्ट्रेलियन डलर

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १० गते १३:३८

सिड्नी । कोरोना भाइरसको संक्रमणबाट अस्ट्रेलियामा अफ्ठ्यारोमा परेका विद्यार्थीको सहयोगका लागि विभिन्न शैक्षिक संस्थाहरूले आफ्नो तर्फबाट प्याकेज कार्यक्रमहरू सार्वजनिक गरिरहेका छन् ।

यसैक्रममा नेपालीहरूको स्वामित्वको अस्ट्रेलियाको सिड्नी र क्यानबेरामा क्याम्पसहरू रहेको क्राउन इन्स्टिच्युट अफ हाइयर एजुकेसनले कोभिड-१९ महामारीबाट आर्थिक रुपमा संकटमा परेका आफ्ना विद्यार्थीको सहयोगका लागि २५ लाख अस्ट्रेलियन डलर (झन्डै बीस करोड नेपाली रुपैयाँ)को प्याकेज कार्यक्रम घोषणा गरेको छ ।

उक्त इन्स्टिच्युटका प्रमुख लगानीकर्ता नेपाली इन्जिनियर दीपक खड्काले अनलाइनखबरसँग भने – आज बसेको हाम्रो उच्च शिक्षा व्यवस्थापन समितिको बैठकले यो निर्णय गरेको हो ।

उनले यो निर्णयले विद्यार्थी तथा उनीहरूका परिवारलाई संकटका बेला पनि उनीहरूको पढाइ सुरक्षित हुनेमा ढुक्क बनाउने पनि बताए । विगत दुई दशकदेखि अस्ट्रेलियामा जमेका नेपाली व्यवसायी खड्का न्यु साउथ वेल्सका लागि नेपाली महावाणिज्यदूत पनि हुन् ।

शैक्षिक संस्थाका अध्यक्ष प्रोफेसर जोन ग्रेले आफ्नो संस्थाको व्यवसायिक सामाजिक जिम्मेवारी अन्तर्गत अन्तर्राष्ट्रिय विद्यार्थीको भलाइ तथा सुरक्षाका लागि यस्तो निर्णय गरिएको बताए । यसमा व्यक्तिगत तथा आर्थिक दुवै खालका सहयोगहरू छन् ।

क्राउन इन्स्टिच्युट अफ हाइयर एजुकेसनले यो सहयोग अन्तर्गत हाल भर्ना भएका सबै विद्यार्थीको १७ प्रतिशतले शुल्क घटाएको छ भने विद्यार्थीले शुल्क तिर्ने तरिका पनि अझै सहज बनाइएको छ। अन्य प्रशासनिक तथा विलम्ब शुल्क खारेज गरिएको छ ।

सेमेस्टर २ मा जम्मा तीन वटा विषयमा मात्रै भर्ना हुन अनुमति दिनेदेखि त्यसको पनि २५ प्रतिशत शुल्क यो खराब परिस्थितिमा कम गर्ने निर्णय पनि भएको छ ।

अत्यावश्यक समस्या भएका विद्यार्थीलाई अनुरोध गर्नेवित्तिकै पाँच सय अस्ट्रेलियन डलर रकम पनि दिने निर्णयसमेत भएको छ । विद्यार्थीको प्रगति विवरण हेरेर जेहेन्दारलाई माथिका सबै सुविधासँगै थप १५ प्रतिशत छात्रवृत्ति  समेत उपलब्ध गराइने बताइएको छ ।

यो शैक्षिक संस्थाले बेरोजगार विद्यार्थी तथा उसको श्रीमान् वा श्रीमतीका लागि कोरोना भाइरसबाट कम प्रभावित क्षेत्रमा रोजगारका सम्भावना खोज्न छुट्टै ‘करियर कोच’को पनि व्यवस्था गरिनुका साथै विद्यार्थीमा उद्यमशीलता विकास गर्न पनि छुट्टै ‘उद्यमशीलता कोष’ पनि खडा गरिएको छ । उक्त कोषबाट विद्यार्थीले आफैँ रोजगारी सिर्जना गर्न सक्ने क्षेत्रमा लगानी गरिने छ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?