
१० वैशाख, नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको क्वारेन्टाइनबाट फरार भएका तीनजनालाई बुधबार नियन्त्रणमा लिएर पुनः क्वारेन्टाइनमा राखिएको छ ।
शनिबार भारतबाट आएका एकजना र उनको सम्पर्कमा आएकालाई सोमबार साँझ कावासोती-३ मा रहेको प्रस्तावित कुमारी अस्पतालको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा राखिएको २४ घण्टा नबित्दै उनीहरू फरार भएका थिए ।
क्वारेन्टाइनबाट भागेकामध्ये कावासोती-१ निवासी अर्जुन परियारसहित तीन जनालाई बुधबार बिहान ३ बजे उनकै घरबाट नियन्त्रणमा लिएर पुन क्वारेन्टाइनमा राखिएको कावासोती १ का वडाअध्यक्ष नारायण पन्तले बताए ।
प्रहरी, जनप्रतिनिधि लगायतको सक्रियतामा उनीहरूको खोजी गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4