
१० वैशाख, बुटवल । प्रदेश ५, प्रदेश सभाको पाँचौं अधिवेशन अन्त्य गरिएको छ ।
मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले अधिवेशन अन्त्य गरेका हुन् ।
संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखले वैशाख १० गते बुधबार राति १२ बजेदेखि प्रदेश सभाको चालु पाँचौं अधिवेशन अन्त्य हुने प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4