+
+
Shares

गोरखामा लोपोन्मुख गिद्ध भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १० गते १९:०४

१० वैशाख, गोरखा । गोरखाको मनास्लु संरक्षण क्षेत्रमा लोपोन्मुख गिद्ध भेटिएको छ । चुमनुव्री गाउँपालिका–३ सिर्दिवासको नाक्चेतस्थित एक स्थानीयको घरमा बिरामी अवस्थामा गिद्ध फेला परेको हो । बिरामी अवस्थामा फेला परेको गिद्धको मनास्लु संरक्षण क्षेत्र (एमक्याप) ले उद्दार गरेको छ ।

‘खाना नपाएर हो की बिरामी भएर हो उड्न पनि नसकेर कमजोर अवस्थामा घरमा बसिरहेको रहेछ,’ एमक्यापका प्रमुख नरेन्द्र लामाले भने, ‘गिद्धलाई अहिले संरक्षणका लागि पिँजडाभित्र राखेका छौं ।’ घरमा गिद्ध आएपछि स्थानीयले सिर्दिवासको फिलिमस्थित एमक्यापको कार्यालयमा खबर गरेका थिए । लगतै कर्मचारी खटाएर उद्दार गरिएको लामाले बताए ।

‘चितवनमा रहेको पन्छी संरक्षण संघ नेपालले संरक्षण गरेर राखेको गिद्ध रहेछ, खुट्टामा ३९ नम्बरको ट्याग लगाइएको छ,’ उनले भने । भेटेरिनरी डाक्टरको सल्लाह र सुझावअनुसार गिद्धलाई आहारा दिइरहेको उनले बताए । उनकाअनुसार अहिले गिद्धको अवस्था सुधार हुँदै गएको छ । ‘गिद्ध फेला परेपछि हामीले सौराहामा रहेको जैविक विविधता संरक्षण केन्द्रसँग समन्वय पनि गरिसकेका छौं । फेला परेको गिद्ध संरक्षित गिद्ध हो भन्ने खुल्न आएको छ, उद्दारको लागि त्यहाँबाट प्राविधिक टोली आउँदै गरेको खबर हामीले पाएको छौं ।’ उनले भने ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?