Comments Add Comment

अमरनाथ यात्रा स्थगितको निर्णय फिर्ता

भारतको प्रसिद्ध तीर्थस्थल अमरनाथ गुफा ।

१० वैशाख, काठमाडौं । जम्मु कश्मीर प्रशासनले अमरनाथ धार्मिक यात्रा स्थगित गर्ने निर्णय फिर्ता लिएको छ । अमरनाथ धार्मिक यात्रा स्थगित गर्ने निर्णय आधा घण्टामै उल्टिएको बीबीसी हिन्दीले लेखेको छ ।

बुधबार राज भवनमा जम्मु कश्मीरका गभर्नर गिरिशचन्द्र लाल र अमरनाथ तीर्थस्थल बोर्डका प्रमुखबीचको बैठकले अमरनाथ यात्रा यस वर्ष स्थगित गर्ने निर्णय गरेको थियो ।

त्यसैगरी जम्मु कश्मीरको सूचना विभागले पनि अमरनाथ यात्रा रद्द भएको घोषणा गरेको थियो ।

तर त्यसको आधा घण्टामै जम्मु कश्मीर प्रशासनले अर्को सूचना जारी गरी अमरनाथ यात्रा रद्द गर्ने निर्णय फिर्ता लिएको जानकारी दिएको बीबीसीको समाचारमा उल्लेख छ ।

अमरनाथ बोर्डका अनुसार कश्मीर क्षेत्रमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ७७ छ र सो क्षेत्रलाई रेड जोनमा राखिएको छ । यसैगरी अमरनाथको यात्राको क्रममा बाटोमा पर्ने कतिपय स्थानहरु पनि रेडजोनमा छन् ।

हाल भारत सरकारले ३ मेसम्म लकडाउन घोषणा गरेको छ । त्यसपछि स्थिति के हुन्छ भन्ने खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment