Comments Add Comment

तस्वीरमा हेर्नुहोस् औँसीका दिन पशुपतिमा लकडाउनले पारेको असर

११ वैशाख, काठमाडौं । मातातीर्थ औँसीको दिन बिहीबार पशुपति क्षेत्र सुनसानप्रायः रहृयो । हरेक मातातीर्थ औँसीको दिन भस्मेश्वर घाटको पारिपट्टि आफ्ना दिवंगत आमाहरूलाई सम्झन एवं तर्पण दिन आउनेहरूको भिड अरू समयमा जस्तो थिएन ।

अरु समय शव जलाउन र मलामी आउनेहरूको समेत भिड हुने भस्मेश्वर घाटमा पनि खासै चहलपहल थिएन ।

आमालाई सम्झन आउनेहरूले सोही घाटको पारिपट्टि तर्पण र श्राद्ध गर्ने व्यवस्था गरिएको थियो । तर, सोही ठाउँमा समेत कोभिड-१९ को त्रासका कारण हतार-हतार तर्पण गरेर फर्किन प्रहरीले ताकेता गरिरहेको थियो ।

भिड खासै थिएन, तर प्रहरीले १० मिनेटभन्दा धेरै भएपछि छिटो गर्न ताकेता गरिहाल्थे । मातातीर्थ औँसीमा भ्याइनभ्याइ हुने ब्राहृमणहरू यस वर्ष धेरै फुर्सदिला देखिन्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment