Comments Add Comment

डब्ल्यूएचओलाई थप ३ करोड डलर दिने चीनको घोषणा

११ वैशाख, काठमाडौं । चीनले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)लाई थप ३ करोड अमेरिकी डलर दिने घोषणा गरेको छ ।

अमेरिकाले डब्ल्यूएचओलाई दिने सहयोग रोक्ने निर्णय गरेको केही समयपछि चीनले यस्तो घोषणा गरेको हो । चीनले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको लडाइँका लागि यो सहयोग लिन लागिएको बताएको छ ।

यसअघि अमेरिकाले डब्ल्यूएचओले यो महामारीलाई नियन्त्रण गर्न उचित कदम चाल्न नसकेको आरोप लगाउँदै उसलाई अहिलेसम्म दिँदै आएको सहयोग रोक्ने निर्णय गरेको थियो ।

चिनियाँ विदेशमन्त्री कङ शुआङले यसअघि नै दुई करोड डलर सहयोगमा अहिलेको तीन करोड डलर थप सहयोग दिन लागिएको बताएका हुन् । यसले विश्वका मुलुकको स्वास्थ्य प्रणाली बलियो बनाउन सहयोग पुग्न सक्ने बताइएको छ ।

अमेरिकी राट्रपति डोनाल्ड ट्रम्पले डब्ल्यूएचओलाई पक्षपात गरेको आरोप लागाएका थिए । उनका अनुसार वार्षिक रुपमा अमेरिकामा कर तिर्ने मानिसहरुले डब्ल्यूएचओलाई ४० देखि ५० करोड डलर दिँदै आएका छन् । चीनले भने केवल चार करोड डलर मात्र सहयोग गर्दै आएको छ ।

ट्रम्पले डब्ल्यूएचओले समयमा नै सूचित गरेको खण्डमा धेरै मानिसलाई मृत्यु हुनबाट बचाउन सकिने बताएका थिए । अहिले विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरस सबैभन्दा पहिला चीनको वुहानमा देखिएको थियो । तर, चीनले अमेरिकालगायत विश्वका सबै मुलुकहरुलाई डब्ल्यूएचओलाई सहयोग गर्न आग्रह गरिरहेको छ ।

साथै उसले महामारीको विषयमा वास्तविक तथ्यांक लुकाएको पश्चिमा मुलुकको आरोपलाई अस्वीकार गर्दै आएको छ । उसले डब्ल्यूएचओले कसैलाई पक्षपात नगरेको पनि बताउँदै आएको छ ।

स्रोत : एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment