Comments Add Comment

कोरोना संक्रमित १४ वर्षीय किशोरको उपचार अब वीरगञ्जमा

११ बैशाख, जनकपुरधाम । कोरोना नदेखिएपछि अस्पतालबाट डिस्चार्ज भइसकेका १४ वर्षीय किशोर अर्काे जाँचमा संक्रमित पाइएपछि उनलाई उपचारका लागि वीरगञ्ज लगिने भएको छ ।

ती बालकलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाउन लागेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए । ‘एम्बुलेन्स बोलाइसकेका छौं, केहीबेरमै उनलाई वीरगञ्ज पठाउन लागेका छौं,’ उनले भने ।

सर्लाहीको धनकौल गाउँपालिका ५ का यी बालक गत चैत २३ गते भारतको दिल्लीबाट आफ्नो घर फर्किएपछि क्वारेन्टाइनमा राखिएको थियो । वैशाख ५ गते उनको ¥यापिड टेस्ट गर्दा पोजेटिभ देखिएपछि पीसीआर परीक्षण गर्नका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको थियो ।

तर यहाँ उनको स्वाबले नेगेटिभ रिपोर्ट दिएपछि डिस्चार्ज गर्दै बालकको स्वाब पुनः परीक्षणका लागि काठमाडौंको टेकु अस्पताल पठाइएको थियो । जहाँ उनको रिपोर्ट पोजेटिभ आएको छ ।

पोजेटिभ देखिएका बालकलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ । योसँगै प्रदेश २ मा संक्रमित पाँच जनाको उपचार नारायणी अस्पतालमै हुने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment