+
+
Shares

प्रधानमन्त्रीले भने- काठमाडौं कोरोना बिरामी मुक्त हुँदा सन्तोष लागेको छ

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १२ गते १४:२१

१२ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं कोरोना बिरामीमुक्त हुँदा सन्तोष लागेको बताएका छन् । शुक्रबार बिहान आफ्नो व्यक्तिगत ट्विटर ह्याण्डलबाट ट्विट गर्दै यस्तो बताएका हुन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सन्चो हुनुभएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना बिरामी मुक्त भएकोमा सन्तोष लागेको छ ।’ उनले डिस्चार्ज भएका सबैको सुस्वास्थ्यको कामना गरेका छन् ।

८१ वर्षीया महिला पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टकी हुन् । उनी र उनको ५८ वर्षीया छोरालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

केही दिनको उपचारपछि उनीहरु दुवै जना बिहीबार डिस्चार्ज भएका छन् । उनीहरु पाटन अस्पतालमा उपचाररत थिए ।

कोरोना भाइरसको फैलावटबाट बच्नको लागि सरकारले लकडाउन आह्वान गरेको एक महिना पूरा भइसकेको छ । यो समयसम्म नेपालमा कूल संक्रमित ४८ जना र उपचार पछि निको भएर घर फर्किएहरू नौ जना छन् ।

स्वास्थ्य मन्त्रालयको विहीबारसम्मको तथ्यांकअनुसार ८६ जना आइसोलेसनमा छन् । काठमाडौं उपत्यकामा ४ जना र काठमाडौं उपत्यकाबाहिर ८२ जना आइसोलेसनमा रहेको मन्त्रालयको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?