Comments Add Comment

सामाजिक कार्यमा सक्रिय आँचल

नायिका आँचल शर्माले बिहेपछि पनि सामाजिक कार्यलाई निरन्तरता दिइरहेकी छिन् । बिहे अगाडि पनि आँचलले विशेषगरि आफ्नो जन्मदिनमा सामाजिक कार्य गर्दै आएकी थिइन् ।

तर, बिहेपछि पति उदिप श्रेष्ठसँग मिलेर आँचलले सामाजिक कार्यलाई झनै अगाडि बढाएकी छिन् ।

बिहेपछि आफ्नो जन्मदिनमा काठमाण्डौको एक बालगृहमा पुगेर उनले बालबालिकाहरुसँग जन्मदिन मनाइन् । उनले, सो बालगृहलाई एक लाख भन्दा बढी रकम र खाद्यान्न पनि सहयोग गरेकी थिइन् ।

आँचल र उदिपले लकडाउनको समयमा क्षेत्रपाटीको वडा कार्यलयमा पुगेर सय भन्दा बढी परिवारलाई खाद्यान्न वितरण गरेका थिए ।

यस्तै, आँचल र उदिप बिहिबार मातातिर्थ औशीको अवसरमा एक वृद्धाश्रममा पुगेका छन् । वृद्धाश्रममा रहेका आमाहरुसँग उनीहरुले खुशी साटे । आँचलले आमाहरुबाट आर्शिवाद पाउँदा खुशी लागेको बताएकी छिन् ।

बिहेपछि विभिन्न विवादमा परे पनि आँचल र उदिपले यसलाई वेवास्ता गर्दै सामाजिक कार्यलाई निरन्तरता दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment