Comments Add Comment

असईविरुद्ध वडाध्यक्षद्वारा सीडीओलाई ज्ञापन

१२ वैशाख, काठमाडौं । लकडाउनको समयमा मदिरा पसल बन्द नगराएको आरोपमा कपिलवस्तुको मायादेवी गाउँपालिकाका वडाध्यक्षले प्रहरी सहायक निरीक्षण (असई) उदयभान यादवमाथि कारबाहीको माग गरेका छन् ।

शुक्रबार गाउँपालिकको ५ नं वडाका वडाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेयले वडाकै लेटरहेडमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन–पत्र बुझाएर यादवमाथि कारबाहीको माग गरेका हुन् ।

पाण्डेयले बुझाएको पत्रमा गाउँपालिकाको वडा नं ५ बलुहवाअन्तर्गत रहेको प्रहरी चौकी तुल्सीपुरका इन्चार्जले निजी लाभका लागि लकडाउनको समयमा समेत मदिरा पसल सञ्चालन गर्न दिएको आरोप लगाइएको छ । लकडाउनको समयमा मदिरा पसलसँगै अरू होटल समेत यादवले व्यक्तिगत लाभको लागि सञ्चालन हुन दिएको आरोप वडाध्यक्षको छ ।

अनलाइनखबरसँगको कुराकानीमा वडाध्यक्ष पाण्डेयले पटकपटक आग्रह गर्दा पनि असई यादवले पसल बन्द गराउनका लागि चासो नदेखाएपछि उनीमाथि कारबाहीको माग गरिएको बताए । पछिल्लो ४ दिनदेखि पटकपटक आग्रह गर्दा पनि यादवले आफ्नो कुरा नसुनेको उनको आरोप छ ।

तर, असई यादवले भने यो आरोपको खण्डन गरेका छन् । उनले आफूले मदिरा पसल सञ्चालन गर्न नदिएको र अरू होटलहरू पनि खुल्न नदिएको भन्दै कुटपिटको मुद्दामा आफ्ना मान्छे पक्रिएपछि वडाध्यक्षले आफूविरुद्ध यस्तो आरोप लगाएको बताए ।

एक हप्ताअघि कुटपिट मुद्दामा उमेश नाउ नाम गरेका व्यक्ति पक्राउ गरेपछि वडाध्यक्ष पाण्डेयले आफ्नो मान्छे समातेको भन्दै कारबाहीको चेतावनी दिएको यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment