+
+
Shares

नेपाली श्रमिकको जीवन रक्षाका लागि पहल गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १२ गते २२:०३

१२ वैशाख, काठमाडौं । विश्व  ट्रेड युनियन  महासंघ, समन्वय  समिति  नेपालले प्रवासमा काम गर्ने नेपाली श्रमिकहरुको जीवन रक्षाका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

विदेशमा कोरोनाका कारण नेपालीहरु पनि असुरक्षित रहेको र केही देशमा मृत्युसमेत भइसकेको स्मरण गराउँदै महासंघले श्रमिकहरुलाई सम्बन्धित देशका नागरिक सरह व्यवहारका गर्न, गराउन कूटनीतिक निकायलाई अनुरोधसमेत गरेको छ ।

श्रमिकहरुको जीवन रक्षा र रोजगारी सुरक्षा अनिश्चित बन्न थालेको भन्दै महासंघले अन्तर्राष्ट्रिय आप्रवासी  कानूनका आधारमा उनीहरुलाई सुरक्षित साथ बसोबास गराउने, स्वास्थ्य  र खानपिनमा हेरबिचार पुर्‍याउन पहलकदमी लिन आग्रह गरेको छ ।

साथै  अन्तर्रास्ट्रिय  श्रम संगठन (आईएलओ)मार्फत  पनि  आप्रवासी  श्रमिकहरुलाई सुरक्षित गर्न  र समान व्यवहार  गर्न  गराउन  सहयोगको लागि सरकारकोतर्फबाट अनुरोध गर्न महासंघले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?