Comments Add Comment

सुनसान रमजान (फोटो फिचर)

नमाजी भन्छन् : खल्लो बनायो लकडाउनले

१३ वैशाख, काठमाडौं  काठमाडौं । लकडाउनका कारण मुस्लिमहरूको मुख्य पर्व रमजानको पहिलो दिन काठमाडौंको घण्टाघरमा रहेको पञ्चकाश्मिरी तकिया सुनसान रहृयो । भित्र रहेका ४/५ जना नमाजीहरूले नमाज पढ्नेबाहेक यो वर्ष अरू नमाजीहरूलाई यहाँ प्रवेश निषेध गरिएको थियो । त्यसैले यो वर्ष अरू समयजस्तो मस्जिद नमाजीहरूले भरिएका थिएनन् ।

नमाज पढ्दै गरेका नमाजीमध्येका एक महोलना तालुकदार यो वर्षको रमजान मस्जिदमा सुनसान भएको बताउँछन् । उनले हरेक वर्ष शुक्रबार एक हजारभन्दा बढी र नियमित पनि ५ सयको हाराहारीमा नमाजीहरूले नमाज पढ्ने यो मस्जिदमा अहिले जम्मा पाँच जनाले मात्रै नमाज पढ्नुपर्दा खल्लो महसुस भइरहेको बताए ।

तर, मुलुकमा व्याप्त कोरोनाको त्रासका कारण मस्जिद बन्द गर्नु आवश्यक रहेकोले आफूहरूले मस्जिद सबैको लागि बन्द गरेकोले सुनसान भएको बताउँछन् ।

इस्लाम धर्मालम्बीहरूको मुख्यपर्व रमजान सुरु भएको छ । शनिबारदेखि सुरु भएको यो पर्वमा मुस्लिम धर्मालम्बीहरू एक महिनासम्म दिनभरी निराहार व्रत बसी नमाज पढ्ने गर्छन् ।

हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा सूर्याेदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ । रमजानको महिना मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको महिनाको रुपमा मान्ने गरिन्छ । यो महिनामा रोजा बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment