Comments Add Comment

पाकिस्तानी महिला क्रिकेटर साना मिरद्वारा सन्यासको घोषणा

१३ वैशाख, काठमाडौं । पाकिस्तानी महिला क्रिकेट टिमकी पूर्वकप्तान साना मिरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेकी छन् । मिरले १५ वर्षे क्रिकेट करियरलाई बिट मार्दै शनिबार सन्यास घोषणा गरेकी हुन् ।

३४ वर्षीया मिरले सन् २००९ देखि २०१७ सम्म पाकिस्तानको कप्तानी सम्हालेकी थिइन् । उनले पाकिस्तानका लागि कुल २२६ खेल खेल्दा १३७ खेलमा कप्तान गरेकी थिइन् । अलराउण्डर मिरले सन् २००५ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेकी थिइन् । सानाले १२० एकदिवसीय खेलमा १५१ विकेट लिएकी छिन् भने १०६ टी२० अन्तर्राष्ट्रिमा ८९ विकेट लिएकी छिन् । यस्तै उनले एकदिवसीयमा १ हजार ६३० र टी२० मा ८०२ रन बनाएकी छन् । उनी पाकिस्तानका लागि एकदिवसीयमा सर्वाधिक र रन बनाउने खेलाडी समेत हुन् ।

गत नोभेम्बरमा मिरले अन्तर्राष्ट्रिय क्रिकेटबाट ब्रेक लिएकी थिइन् भने इंग्ल्याण्ड टुर मिस गरेकी थिइन् । त्यसपछि खराब फर्मका कारण उनी अष्ट्रेलियामा भएको महिला टी२० विश्वकपमा टिममा पर्न सकिनन् ।

साना मिरले १५ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने अवसर पाएकोमा पाकिस्तान क्रिकेट बोर्डलाई धन्यवाद दिँदै आफ्नो लागि यो ठूलो सम्मान भएको बताएकी छन् । ‘पछिल्ला केही महिनादेखि सन्यास लिने विषयमा सोच्दै आएको थिएँ । निर्णय लिने यो नै सही समय ठानें र सन्यासको घोषणा गरेकी हुँ,’ उनले भनिन्, ‘मैले आफ्नो क्षमताले भ्याएसम्म देश र खेललाई उत्कृष्ट योगदान दिन सकेकी छु भन्ने विश्वास छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

…अब त के बाँचुला र ?

Advertisment